प्रधानमन्त्रीलाई चुनौती : भ्रष्टाचार गर्दिनँ भन्दा, मेरो ज्यान जान्छ भने म दिन तयार छु

  • प्रकाशित मितिः पुष, 9, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर  /सरकारी कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्तीविरद्ध आवाज उठाउँदै उपसचिव प्रेम सञ्जेलले श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलई कडा चुनौती दिएका हुन् । भ्रष्टाचारविरुद्ध संघर्ष गर्दै आएका एकजना उपसचिवले प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।

आक्रोशित मुद्रामा प्रस्तुत भएका सञ्जेलले भने, ‘यदि मैले घुस लिएको प्रमाणित गरेर देखाएमा म ज्यान पनि दिन तयार छु । यो कुराको पुष्टि गरेर प्रधानमन्त्री केपी ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहालले देखाउन सक्नुपर्छ ।’

कार्यअवधि नपुगी प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित श्रम कार्यालयबाट दुई महिनामै इटहरी सरुवा गरिएपछि सञ्जेलले आफ्नो सरुवाको जवाफ सचिव महेश दाहाल, श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने बताएका हुन् ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उपसचिव सञ्जेलले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुले आरोप प्रमाणित गरेमा ज्यानै त्याग्न तयार रहेको पनि उल्लेख गरे ।

सरकारले वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि विराटनगरमा पनि कार्यालय खोल्ने निर्णय गरिसककेको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिमा घुस खान नपाइने डरले आफूलाई भ्रष्ट कर्मचारीको दबाबमा इटहरी सरुवा गरिएको सञ्जेलको भनाइ छ । दुई महिनामै आफूलाई सरुवा गरिएको जबाफ अब श्रम मन्त्री विष्ट र सचिव दाहालले दिनै पर्ने जिकिर सञ्जेलले गरेका छन् ।

‘यहाँ कर्मचारी नै सबैभन्दा भ्रष्ट छन्, यिनीहरुले कति भ्रष्टाचार गरेका छन् मलाई थाहा छ, नेताले गर्ने बदमाशीबारे उनीहरु नै जान्दछन्’, सञ्जेलले अगाडि भने, ‘मैले ४० वर्षको यो अवधिमा घुस लिएको एकजना मान्छे देखाउन चुनौती दिन्छु । श्रममन्त्री विष्ट र प्रधानमन्त्री केपी ओलीलाई पनि यो मेरो चुनौती हो ।’

उपसचिव सञ्जेलले आफ्नो सरुवामा उद्योगीदेखि घुस खान नपाएका कर्मचारीसम्म लागेको दाबी गरे । उनले न्यूनतम् पारिश्रमिक लागू गराउन आफूले जोडबल गर्दा उद्योगीसमेतको दबाबमा सचिव महेश दाहालले दुई महिनामै आफ्नो सरुवा गरेको उल्लेख गरे म अझै चुनौती दिन चहान्छु, मैले घुस खाएको प्रमाणित गरे भने आउनुस् रंगशालामा यदि पुष्टि गर्न सक्नु भयो भने म ज्यानै दिन पनि तयार छु, अदालतमा जाने त के कुरा ।’

कर्मचारीवृत्तमा भ्रष्टाचार विरोधी र इमान्दार छवि बनाएका सञ्जेल यही असोज २५ गते निर्वाचन कार्यालय मोरङबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा गरिएका थिए । त्यहाँबाट उनलाई अढाई महिनामै सीप विकास कार्यालय इटहरीमा सरुवा गरिएको हो । सञ्जेलले आफूलाई सचिव दाहालले उद्योगी र भ्रष्ट कर्मचारीसँग मिलेर अढाई महिनामै सरुवाको पत्र थमाउँदा कारणसमेत नखुलाएको बताएका छन् ।

निजामती कर्मचारी ऐन ०४९ र नियमावली ०५० ले कर्मचारीलाई उचित कारण नदिइ र दुई वर्ष नपुगी सरुवा गर्न नपाइने व्यवस्था गरेको सञ्जेलको भनाइ छ । ‘मलाई के कति कारणले सरुवा गरियो, यसको जबाफ दिइएको छैन’, उनले भने, ‘मलाई सरुवा गरिनुको कारण नखुलाएसम्म म यहाँबाट हट्दिनँ, बरु यसको कानुनी उपचार खोज्न पनि म तयार छु ।’

अढाई महिनामै आफ्नो सरुवा गरिएपछि उपसचिव सञ्जेलले कुनै पनि बहानामा कोही कसैलाई निश्चित बिन्दुसम्म मात्रै खेद्नुपर्ने बताए । ‘कसैलाई धेरै खेद्नु प्रत्युत्पादक हुन्छ । हामीलाई थाहा छ सिंहले धेरै लखेटेपछि राँगाले उल्टै ज्यान लिएको कुरा, त्यसैले त्यो अवस्था कर्मचारीवृत्तमा पनि नआओस ।’


उपसचिव सञ्जेलले आफ्नो घरमा एउटा साइकलसमेत नभएको अवस्थामा सहयोगीको भने कारसमेत रहेको बताउँदै त्यो सचिव दाहाल, मन्त्री गोकर्ण विस्ट र प्रधानमन्त्री कसले किनिदिएको जबाफ दिनुपर्ने चुनौती पनि दिए । उनले यदि कसैले किनिदिएको होइन भने त्यो कारको स्रोतको ुथाहाु हुनुपर्ने पनि दावी गरे ।

विराटनगरकै श्रम कार्यालयबाट वैदेशिक श्रम स्वीकृति हुने भएपछिउ सञ्जेलले जिल्लाबाट श्रम स्वीकृति दिने क्रममा केन्द्रमा भन्दा झनै भष्टाचार हुने बताएका छन् । त्यसैले उनले केन्द्रबाट अस्वीकृत भएका व्यक्तिको विवरण मागेर पत्र लेखेका थिए । उनले पठाएको पत्र नआइपुग्दै उनलाई सचिव दाहालले सरुवापत्र थमाइदिएपछि आक्रोशित भएका हुन् ।

उनलले आफूले भ्रष्टाचार गरेको प्रमाणित यदि कसैले गर्छ भने ज्यानै त्याग्न पनि पछि नपर्ने बताएका छन् । ‘भ्रष्टाचारविरुद्ध बोल्दा उल्टै भ्रष्टाचारी भनेर सरुवा गरिएको छ’, सञ्जेलले थपे, ‘मलाई दुई महिनामै सरुवा गर्नेहरु तिनै भ्रष्टाचारी, भ्रष्टाचारीका मतियारहरु हुन्, उद्योगी त मसँग डराएर सरुवा गराउन लागेका थिए । मैले कनै पनि हालतमा निजीक्षेत्रमा न्यूनतम् पारिश्रमिक लागू गर्ने भएकैले उनीहरु आत्तिएर मेरो सरुवा गराउन लागेका हुन् ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved